You are viewing the translated version of कबुलियती वनको कबुलियतनामा.

Schedule 19
कबुलियती वनको कबुलियतनामा

(नियम ४१ सँग सम्बन्धित)
कबुलियती वनको कबुलियतनामा

……………….. अंचल……………………. जिल्ला ……………… ना.पा÷गा.वि.स…………. स्थित
…………………… तर्फबाट अख्तियार प्राप्त म÷हामी……………… आगे हाम्रो संस्था÷उद्योग÷
समुदायले दिएको निवेदन र कार्ययोजनामा कारबाही भै निर्णय भए वमोजिम ………………..
अंचल……………………. जिल्ला ……………… ना.पा÷गा.वि.स वाडा नं………. मा पर्ने पूर्व
………….. दक्षिण ………….. पश्चिम ……………… र उत्तर ………………. भएको
……………………………. यति चार किल्ला भित्रको ……………………….. नाम भएको राष्ट्रिय
वन …………………….. हेक्टर वन ऐन, २०४९ र वन नियमावली, २०५१ को अधीनमा रही
यसैसाथ संलग्न स्वीकृत कार्ययोजना अनुरुप तपसिलका शर्तहरु बमोजिम उक्त क्षेत्रमा ऐनको दफा
३१ को खण्ड …………….. को उद्देश्यको निमित्त ……………. अवधिका लागि कबुलियती वन
लगाउन मञ्जूर छु भनी खुशी राजीसँग यो कबुलियतनामा लेखी नेपाल सरकार जिल्ला वन कार्यालय,
…………… मार्फत वा …………… क्षेत्रीय वन निर्देशनालयमा चढाएँ । यो कबुलियत बमोजिमको
शर्त पालन नगरेमा वन ऐन, २०४९ र वन नियमावली, २०५१ बमोजिम सहुँला बुझाउँला ।
तपसिल

१. स्वीकृत कार्ययोजनामा उल्लेख भए बाहेक अन्य कुनै काम कारबाही गर्ने छैन ।

२. आफुले कबुलियती वन लगाउन पाएको क्षेत्र बाहेक अन्यत्र वन जग्गामा अतिक्रमण वा अन्य कुनै
प्रकारले हानि नोक्सानी गर्ने गराउने छैन ।

३. यस कबुलियतको अवधि समाप्त भएपछि पुन सोही कबुलियती वन क्षेत्र नपाएमा सो क्षेत्र नेपाल
सरकारलाई नियमानुसार हस्तान्तरण गर्नेछु ।

४. कबुलियत भएको मितिले १ वर्षभित्र स्वीकृत कार्य योजना अनुसार कार्य प्रारम्भ गर्नेछु ।

५. समय समयमा क्षेत्रीय वन निर्देशनालय तथा वन कार्यालयले दिएको प्राविधिक सल्लाह, सुझाव र
निर्देशन अनुरुप कार्य गर्नेछु ।

६. कबुलियती वनबाट उत्पादन गरिएको वन पैदावार निकालेपछि कार्य योजना अनुरुप तत्कालै
वृक्षारोपण पुनरुत्थानको व्यवस्था गर्नेछु ।

७. कबुलियती वनमा यो कबुलियत हुनुभन्दा अघिदेखि भएका रुखहरु कार्य योजना बमेजिम नेपाल
सरकारले प्रचलित ऐन, नियम बमोजिम नहटाएसम्म सुरक्षा, संरक्षण गर्नेछु ।

८. कबुलियती वन लगाउन पाएको जग्गाको वार्षिक दस्तुर …………… (रुपैयाँ) आर्थिक वर्षको आषाढ
मसान्तभित्र सम्बन्धित वन कार्यालयमा बुझाउनेछु ।

९. तोकेको फाराममा कबुलियती वनको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र
सम्बन्धित वन डिभिजन कार्यालयमा बुझाउनेछु ।

१०. कबुलियती वनबाट प्राप्त हुने वन पैदावार ओसार पसार गर्न जिल्ला वन कार्यालयले तोकिदिए
बमोजिमको टाँचा रु ५००।– बुझाई प्रयोग गर्नेछु र सो टाँचा प्रत्येक वर्ष रु. ५००।– बुझाई
नवीकरण गर्नेछु ।

११. यो पट्टा हराएमा, च्यातिएमा वा नासिएमा पाँच सय रुपैयाँ दस्तुर बुझाई अर्को पट्टा लिन म पट्टावाला
मञ्जुर गर्दछु ।
इच्छाएको व्यक्तिको
नाम, थर, र वतन कबुलियत गर्ने संगठित संस्था, उद्योग वा
समुदायको
सहीछापः–
(१)
(२)

इति सम्बत्……. साल….. गते रोज…… शुभम्………………………………………..